focus in
# 919460
USD 8.00 (Book Not in Ready Stock, will take 45-60 days to source and dispatch)
- +

Pranaya–Sutra = प्रणय–सूत्र

Author :  Sudha Bhattarai; Tulasi Bhattarai

Product Details

Country
Nepal
Publisher
Surgem Prakashan Griha
ISBN 9789937976077
Format PaperBack
Language Nepali
Year of Publication 2026
Bib. Info 132p.
Categories Psychology
Product Weight 100 gms.
Shipping Charges(USD)

Product Description

श्रीमान् श्रीमतीका बिचमा आदान प्रदान भएका र एक्लो एकान्त समयमा पढिने गरेका यस्ता चिठी सार्वजनिक गर्न नहुने हो कि ? यस्तो सोचेर पनि जे होला, पुस्तकाकारमा ल्याउनैपर्छ भन्ने लाग्यो । किनभने हामी दुईको विवाह आपसमा चिनजान र बोलचाल नभई परपरैका कुराकानीबाट भएको हो । त्यसकारण विवाहपूर्व प्रेमालाप, मन, इच्छा भाव प्रकट गरेर प्रेमी-प्रेमिका जोडी बन्ने कुरै भएन । त्यतिबेला पनि अरुअरु ककसले विवाहपूर्व नै प्रेम रोमान्स पछि विहे गरेका कुरा सुने देखेको पनि हो । हाम्रो चाहना हो आजका साइवरे, हलो, हाइ, आइ लभ यू, प्रेमि-प्रेमिका वा नवजोडीले त्यसबेलाका यी हाम्रा चिठी र चिठीभित्रका विचार भाव पढेर हाम्रो समय र सन्दर्भ बुझिदिउँन् । बुढाबुढीले के जान्दछन् के थाहा पाउँछन् र ! भनेर आजका युवाले नाक न खुम्चाइदिउन् । हामीले हिम्मत गर्यो- यी पत्र छाप्न । जे जसो होला भनेर पाठकसामु ल्याएका छौं । सम्भवतः यस प्रकारका पत्रहरू अन्य कुनै जोडीका छापिएका छैनन् । अथवा छन् । हाम्रो अज्ञान हुनसक्छ हामी दुईको देखादेख भएको चवन्नों वर्षको शुभअवसर पारेर यो चिठीपत्र सार्वजनिक गरेका छौं ।

Product added to Cart
Copied